गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाइम पिसिआर परिक्षणमा कास्कीका २४ सहित गण्डकी प्रदेशमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/nabalpur-coivd-19/
निर्देशनालयका अनुसार पोखरामहानगरपालिकामा २४ जना, स्याङजाको वालिङ नगरपालिकामा ५ जना र नवलपुरको विनयत्रिवेणी नगरपालिकामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीका कोरोना संक्रमतिको संख्या २ हजार ९ सय ३ पुगेको छ ।

http://googlepokhara-com.stackstaging.com/pokhara-covid-6/
यसअघि गण्डकीका ४५ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।



