मन्त्रिपरिषद्को आज बस्ने बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति गर्ने गर्नेछ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनका अनुसार प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति बारे यसअघि छलफल गरिसकिएकाले आज बस्ने बैठकले सो निर्णय गर्ने भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-d-eath-world-news/
मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने बारे छलफल भैसकेको बताएका छन् । मन्त्री पुनले सार्वजनिक रूपमा घिसिङलाई नै निरन्तरता दिइने भनिसकेका छन् । तर कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन् ।

http://googlepokhara-com.stackstaging.com/bharatpur-covid-report/
मन्त्री निकट स्रोतका अनुसार चार वर्षका लागि फेरि प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्ने कि २ वर्षका लागि भन्ने निर्णय हुन नसकेको हो । यस्तै, मन्त्रिपरिषद्को आजको बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको बताइएको छ ।



