नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५०० नाघेको छ । वितेको २४ घण्टामा ५ सय ३५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालका ७६ जिल्लामा संक्रमण फेला परेको छ । कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।




