बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइट परीक्षण स्वरुप छ महिनामा सञ्चालन गरिने र कम्पनीले नोक्सान व्यहोर्नु पर्ने स्थिति नभए सधैँ सेवा जारी राखने उहाँले बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन प्रदेश सरकारको आग्रहमा उक्त सेवा सञ्चालनमा ल्याउँदा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतले बताउनुभयो । सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सबै सेवामा आमनागरिकको पहुँच पु¥याउनु नै समृद्धिको शुरुआत हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार