गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गर्नुभएको छ । पोखराको शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगि शेरचनले पदभार ग्रहण गर्नुभएको हो । उहाँले पदभार ग्रहण गर्दै नेपालको संविधान अनुसार काम गर्ने बताउनुभयो । प्रदेश प्रमुख शेरचनले सत्ता बाहिर रहेका दलहरुसगँ मिलेर काम गर्ने बताउनुभयो । उहाँले देशमा विभिन्न खाले समस्याहरु अगाडी रहेको भन्दै त्यसलाई सबै मिलेर समाधान गर्नु पर्ने बताउनुभयो ।

प्रदेश प्रमुख शेरचनले जनताको अपेक्षा अनुसारको गतिविधि आवाश्यक रहेको बताउदै सरकार संचालन सोही अनुसार हुनुपर्नेमा जोड दिनुभयो । विधिको शासन स्थापित गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडी बढाउन उहाँले सुझाव दिनुभयो । नेपालको मौलिक लोकतान्त्रीक गणतन्त्रको संस्थागत विकासका लागि दलहरु थप गम्भिर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विविधताको संरक्षणका लागि समेत सवै पक्ष सचेत हुनुपर्ने शेरचनले बताउनुभयो ।

उहाँलाई स्वागतका लागि पोखरा विमानस्थलमा गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका सभामुख, कर्मचारी, दलका प्रतिनिधिहरु लगायत पुग्नुभएको थियो । उहाँलाई प्रदेश कार्यलयमा नेपाली सेनाले सलामी दिदै स्वागत गरेको थियो । मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीसँग सपथ ग्रहण गरेपछि शेरचन बुधबार पोखरा आउनुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार