आनन्दित गृह नेपाल पोखरा १२ ले आगामी शनिबार “ह्याप्पी होम च्यारिटी सांगितिक साँझ” गर्ने भएको छ । अपाङ्गमैत्री जेष्ठ नागरीक शौचालय तथा स्नान गृह निर्माण, पुर्ण असक्त जेष्ठ नागरिकलाई लिफ्ट गर्ने सामाग्रीहरु खरिद, फिजियोथेरापी सामाग्री खरिद तथा दिवासेवाका कार्यक्रमहरु संचालन सहयोगार्थ उक्त साँझको आयोजना गरिएको गृहका अध्यक्ष डा.यज्ञमान शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेकसाईड स्थित रोलिङ स्टोन रक बारमा दिउँसो ३ देखी साँझ ७ बजेसम्म हुने साँझमा कलाकारहरु केनेध प्रधान, सनुप पौडेल र सीमा संग्रौलाको विषेश सांगितिक प्रस्तुति रहने छ । ४ लाख रुपैयाँ भन्दा धेरै बचत गर्ने लक्ष्य राखिएको उक्त कार्यक्रम मानविय सेवाका खातिर आयोजना गरिएको अध्यक्ष शाक्यले बताएका छन् ।
कार्यक्रममा लोकमान गुरुङ् दम्पतिले नगद रु.५० हजार सहित मुख्य प्रयोजन सहयोग प्रदान गरेका छन् भने अमनलाल श्रेष्ठ दम्पतिले नगद रु.२० हजार सहयोग उपलब्ध गराउनु भएको आनन्दित गृहकी संचालिका रोमा शाक्यले जानकारी दिनुभयो ।

जेष्ठ नागरिकहरुको सहयोगार्थ २०७० सालदेखी संचालित उक्त गृहमा व्यायाम योगा, हेरचाह तथा स्याहार, मनोरञ्जन, पोषण, अवलोकन भ्रमण, वृद्ध स्याहार शिक्षा, स्वास्थय शिविर लगायतका कार्यक्रमहरु समेत संचालन गर्ने गरिएको छ । गृहमा अहिले आवासिय सेवा तर्फ ९ र दिवा सेवामा दर्जनौ वृद्धावृद्धहरुले आश्रय लिईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार