बक्सिङका अन्तराष्ट्रिय पदकधारी खेलाडी चित्रबहादुर गुरुङ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने भएकाछन्। खेलकुदको क्षेत्रमा लागेर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक सहित खेलकुदमा महत्वपूर्ण योगदान दिएको भन्दै नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले उनलाई पोखरा स्पोर्टस् अवार्डको अवसरमा यही जेठ २४ गते लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७५ बाट सम्मान गर्ने भएको हो । बर्ष खेलाडी सहित उदीयमान खेलाडी र बर्ष उत्कृष्ट प्रशिक्षकमा ३÷३ जना मनोनयमा परेका खेलाडी एवं प्रशिक्षकहरुको नाम शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा सार्वजनि गरिएको हो । स्याङजा मनकामना गाविस २ गोदावारी घर भइ हाल पोखरा १५ मा बस्दै आएका गुरुङ २०१८ असोज २० गते जन्मेका थिए । उनले ११ औं एशियाली खेलकुद प्रतियोगिता २०४७ चनीको बेजिङमा कास्य पदक, तेश्रो दक्षिण एशियाली खेलकुद प्रतियोगिता कोलकोक्ता २०४४ रजत पदक, चौथो दक्षिण एशियाली खेलकुद पाकिस्तानमा भएको खेलमा २०४६ सालमा स्वर्ण पदक हात पार्न सफल भएका थिए । उनीले हाल वन विज्ञान अध्ययन संस्थान, पोखरामा खेल शिक्षकको रुपमा कार्यरत रहेकाछन्। उनलाई चाँदी जडित ट्रफी, ताम्रपत्र, दोसल्लाले सम्मान गरिने भएको महासचिव विजय नेपालले बताए ।

बर्ष खेलाडी पुरुष तर्फ स्क्वासका अमृत थापा, प्याराग्लाइडिङका युकेश गुरुङ र फुल कन्याक्ट कराँतेका रुपक नेपाली मनोनयमा परेका हुन्। सवै खेलाडीले आठौं राष्ट्रिय खेलमा स्वर्ण पदक ल्याएका थिए भने गुरुङले १३ औं एसियाली खेलकुदमा रजत पदक जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । एसियाली प्याराग्लाइडिङमा उनले सामुहिक रुपमा सहभागि भएका थिए । त्यसै गरी बर्ष खेलाडी महिला तर्फ टेनिसकी प्रीति बराल, सुटिङका श्रेया केसी र फुल कन्याक्ट कराँतेका सुस्मी श्रेष्ठ मनोनयनमा परेका हुन्। बरालले ८ औं खेलकुदमा रजत पदक ल्याएकी थिइन भने अन्य खेलाडीले स्वर्ण पदक ल्याएका थिए । बर्ष उदियमान खेलाडीहरुमा क्रिकेटका अर्जुन कुमाल, आर्चरीकी अनुष्का शेरचन र आइटिएफ तेक्वान्दोका सुस्मिता थापा मगर मनोनयनमा परेका हुन्। त्यसै गरी बर्ष उत्कृष्ट प्रशिक्षकमा फुल कन्याक्टका दीपक गोदार, ह्याण्डवलका भीमशेन शाक्य र हक्कीका राजेन्द्र पाठक मनोनयनमा परेका छन्। मञ्चले यस बर्ष चर्चित खेलाडीको समेत अवार्ड प्रदान गर्ने भएको मञ्चका अध्यक्ष एकराज गिरीले बताए । विभिन्न विधामा मनोनयनमा परेका खेलाडीहरुलाई दर्शकहरुले एवं आम खेलकुदकर्मीले दिएको एसएम भोटिङले उक्त विधाको निर्णय हुने मञ्चका सल्लाहकार रामकृष्ण ज्ञवालीले बताए । उक्त अवसरमा बर्ष mउत्कृष्ट खेल संघ र बर्ष उत्कृष्ट पत्रकारिता अवार्ड समेत प्रदान गरिने भएको उनले जनाए ।


‘समृद्धिका लागि खेलकुद’ मूलमन्त्रका साथ आयोजना हुने उक्त अवार्ड पोखरा सभागृहमा हुने भएको हो भने सो कार्यक्रम सम्पन्न नर्ग करिब १७ लाख खर्च लाग्ने अध्यक्ष गिरीले बताए । उक्त अवर्डाको साथमा विभिन्न सांस्कृतिक कार्यक्रम खेलकुदको डेमो समेत प्रर्दशन हुने भएको उनले जनाए । उक्त अवार्डमा बर्ष उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र बर्ष उत्कृष्ट महिला खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडीहरुले पु¥याएको योगदानको मुल्याङकन गरी उक्त अवार्ड वितरण गरिने भएको महासचिव विजय नेपालले बताए । खेलाडीहरुको हौसला प्रदान गर्न पनि अवार्डलाई निरन्तरता दिदै आइएको उनले जनाए । अवार्डको साथमा उत्कृष्ट खेल संस्थालाई १५ हजार, उत्कृष्ट पत्रकारलाई २० हजार प्रदान गरिने भएको छ भने अन्य विधामा जनही २५ हजार प्रदान गरिने भएको छ । बतास ब्रर्दश प्रालिकोे मुख्य प्रायोजनामा, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, हङकङ व्यूटि ईन्स्टिच्यूट, सामसुङ मोवाइल वल्र्ड कनेक्सन, क्षेत्रिय खेलकुद विकास सििमत, जिल्ला खेलकुद विकास समिति लगायतको सहयोग रहने भएको मञ्चले जनाएको छ ।
थाइल्याण्डमा बसी मानवबेचविखन तथा ओसारपसार गर्ने तथा करोडौं ठगी गर्ने परशुराम गुरुङलाई प्रहरीले सार्वजनिक गरेको छ । गुरुङलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विकसित मुलुकमा रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गरेको आरोपमा उनी थाइल्यान्डको बैंककमा पक्राउ परेका थिए । प्रहरीको अन्तराष्ट्रिय संगठन ‘इन्टरपोल’को सहयोगमा उनलाई शुक्रबार बेलुका थाइल्यान्डबाट काठमाडौं ल्याइएको हो । गुरुङ गएको चैतमा बैंककमा पक्राउ परेका थिए । प्रहरीले २०७१ सालदेखि नै उनको खोजी गरिरहेको थियो । नेपाल प्रहरीको पहलमा इन्टरपोलले २०७२ साल असार २९ गते गुरुङविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । लामो समयपछि बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्यान्डबाट गुरुङलाई पक्रेको ब्यूरोका निर्देशक डिआइजी निरज बहादुर शाहीले जानकारी दिनुभयो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गुरुङविरुद्ध ५२ जनाले मानव ओसार–पसारसम्बन्धी उजुरी गरेका थिए । व्युरोमा पुगेका पिडितहरुले आफुहरुलाई बैदेशिक रोजगारीका नाममा अन्य देशमा पुराई अलपत्र पार्ने गरेको गुनासो गरेका थिए । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तथा मानव ओसार–पसारमा संलग्न गुरुङ अहिलेसम्मकै ‘खतरनाक गिरोहका नाइके’ भएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले राष्ट्रिय टिमका कप्तान पारस खड्का नेतृत्वको प्रदेश नम्बर ३ लाई ४१ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफविरुद्व राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले शतक नै प्रहार गरेका थिए । एपीएफले दिएको २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ३ लाई ज्ञानेन्द्रको शतकले जोगाउन सकेन । प्रदेश ३ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्यो । कप्तान खड्का ४६ रनमा आउट भएको खेलमा ज्ञानेन्द्रले १ सय १७ रनको शानदार शतकिय इनिङ्स खेले । पीएम कपको तेस्रो संस्करणमा पहिलो शतक प्रहार गर्ने ज्ञानेन्द्रले ८ चौका र ५ छक्का प्रहार गरे । ओपनर रित गौतमले २७ र ईशान पाण्डेले १२ रन बनाउनु बाहेक अन्यले दोहरो अंकको स्कोर छुन सकेनन् । एपीएफका कमलसिंह ऐरीले ३ तथा अविनाश बोहराले २ विकेट लिए । यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८८ रन बनायो । एपीएफका लागि सुमित महर्जन र कप्तान पृथु बास्कोटाले अर्धशतकीय इनिङ्स खेले ।



