रिक्त रहेको प्रदेश २ को प्रमुखमा राजेश झा (अहिराज) नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई प्रदेश नं.२ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । उनी राजेश अहिराजको नामले परिचित छन् ।
२०३६ साल जेठमा रौतहटको संग्रामपुरमा जन्मिएका राजेश मधेश मामिलाका जानकार मानिन्छन् । त्रिभुवन विश्वविद्यालयवाट मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा विद्यावारिधी गरेका उनी पत्रकारितासमेत गर्दै आएका छन् ।
https://googlepokhara.com/tilak-pariyar/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार