प्रतिनिधि सभा विघटनको मुद्दामा आजदेखी एमिकस क्युरीले राय दिने सर्वोच्च अदालतले जनाएको छ । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा इजलासलाई स्वतन्त्र सहयोगीका रूपमा बहस गर्न पाँच जना वरिष्ठ अधिवक्तालाई सिफारिस गरेका थिए ।
सर्वोच्च बारले वरिष्ठ अधिवक्ता गीता पाठक र पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले माग गरेअनुरूप नेपाल बारले तीन र सर्वोच्च अदालत बारले दुई गरी पाँच जनाको नाम पठाएका छन् ।
https://googlepokhara.com/mata-saraswoti-pooja/
बारले एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ । एमिकस क्युरीले राष्ट्रियरअन्तर्राष्ट्रिय अभ्यास, सर्वोच्चका पूर्वनजिर, संवैधानिक मान्यतासहित स्वतन्त्र र निष्पक्ष राय उपलब्ध गराउने प्रचलन छ । उनीहरुले कुनै पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । त्यसपछि बहस नोट मगाएर अध्ययन पनि हुनेछ ।
प्रतिनिधिसभा विघटन विवादमा दायर भएका रिटमा निवेदक र विपक्षीका तर्फबाट पहिलो चरणको बहस सकिएपछि इजलास चाँडो फैसला दिने तयारीमा जुटेको छ । राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, निर्वाचन आयोग, सभामुखसहित विपक्षीका तर्फबाट करिव डेढ दर्जन सरकारी वकील र नीजि वकिलले बहस सकेका छन् ।
https://googlepokhara.com/gandaki-gov-3rd-aniv/




