गण्डकी प्रदेश सरकारले स्थापनाको तेस्रो वर्ष आज विविध कार्यक्रम गरि मनाउदैछ ।
सो अवसरमा एक शुभकामना सन्देस जारी गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले समृद्ध गण्डकी प्रदेश, सुखी नागरिकको आफ्नो अकांक्षालाई सफल पार्न निरन्तर क्रियाशिल रहेको बताएका छन् ।
प्रदेशको समग्र विकास गर्ने दिशामा आफ्ना नीति तथा कार्यक्रमहरु परिलक्षित गरिएको उनले शुभकामना सन्देसमा जनाएका छन् । सो क्रममा उपलब्ध स्रोत साधनको अधिकतम र दक्षतापुर्ण उपयोग गरिने उनले बताएका छन् ।
मुख्यमन्त्री गुरुङले आफु ६० प्रतिशत सफल भएको दावी समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार