नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्ना नेता कार्यकर्ताहरुलाई अदालतको निर्णय पर्खन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलिको पछिल्लो कदमका विरुद्ध आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अदालतमा विचाराधिन मुद्धामा यसो गर उसो गर भनेर भन्न नमिल्ने भन्दै अदालतको फैसला पर्खन आग्रह गरेका हुन् ।
उनले भने, “जुलुस लगाएर हुने भए अदालत किन चाहियो ? अदालतमा विचाराधिन मुद्धामा यसो गर उसो गर भनेर भन्न मिल्दैन् । अदालतको निर्णय पर्खनुस् ।” सभापति देउवाले स्वतन्त्र न्यायापलिको सिद्धान्तलाई आफुहरुले अंगिकार गर्ने बताए ।

निष्पक्ष न्यायमा विश्वास गर्नेहरुले अदालतको निर्णय मान्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलिले संसद विघटन गरेको ६ महिना भित्र कुनै हालतमा चुनाव गर्नुपर्नेमा उनले जोड दिए । तर, कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने संवैधानिक आयोग (निर्वाचन आयोग) माथी शंका गर्नु पर्ने अवस्था आएको उनले संकेत गरे ।
निर्वाचन आयोगले चुनावको तयारीमा ढिलाई गरेको प्रति उनले असन्तुष्टि व्यक्त गरे । जेठको अन्तिम सम्मपनि निर्वाचन गराउन नसके मुलुक संवैधानिक संकटमा फस्ने तफै उनले सचेत गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार