संसद विघटन पश्चात पनि बहालवाला कामचालाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धीहरु तामझामका साथ सार्वजनिक गरेका छन् । सो क्रममा उनले सुरुमा प्रतिगामी भनिएको आफ्नो कदमका बारेमा प्रस्ट पार्ने प्रयत्न गरे र पछि कामका विवरणहरु सुनाउदै गए ।
आफ्नै पार्टीका नेताहरुले समानान्तर सरकार चलाउन खोजेपछि बाध्य भएर संसद विघटन गरि ताजा जनादेशमा जाने निर्णय गर्नु परेको उनले सुनाए । प्रधानमन्त्री ओलीले निर्वाचन तोकिए कै मितिमा हुने विश्वास समेत दिलाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार