गण्डकी प्रदेशमा हिजो देखी सुरु गरिएको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियानमा २ हजार ५७१ जनाले कोभिसिल्ड लगाएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार २० वटा खोप केन्द्रहरुबाट तोकिएको लक्ष्य अनुसार ९.७८५ प्रगति प्राप्त भएको हो ।
उनिहरु मध्ये ५८२ जना महिला र १ हजार ९८९ जना पुरुष रहेका छन् । खोप लगाउनेहरुमा स्थानिय निकायका कर्मचारी तथा जनप्रतिनिधिहरु ३३५ जना, पत्रकारहरु ६० जना, निजामति सेवाका कर्मचारीहरु ६१९ जना, बैक तथा वित्तिय संस्था १३६, जनपद प्रहरी ९४४, शसस्त्र प्रहरी १४४ जना, संस्थान तथा प्राधिकरणका कर्मचारी १५२, न्याय सेवाका कर्मचारी ९१ जना, पहिलो चरणमा छुटेका ८८ जना र अन्य २ जना गरि २ हजार ५७१ जना रहेका छन् ।
दोस्रो चरणमा लक्षित समुह अन्तरगतका २६ हजार २८० जनालाई खोप लगाउने लक्ष्य लिएको निर्देशनालयले जनाएको छ । कोरोना बिरुद्धको खोप लगाईसकेपछी कुनैपनि जटिल किसिमको अबान्छित घटना नभएको निर्देशक विनोदविन्दु शर्माले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार