काठमाण्डौमा महिला हिंसा बढेको भन्दै शवयात्रा सहितको वृहत नागरिक मार्चपास गरिएको छ ।
सो क्रममा नागरिक अगुवाहरुले सरकारका विरुद्ध चर्को नारावाजी गरेका छन् ।
उनिहरुले निर्मलालाई न्याय खोई ? सम्झनालाई न्याय खोई ? भागिरथीलाई न्याय खोई ? भनि सरकारसंग पश्न समेत गरेका छन् । उनिहरुले हत्यारालाई सजाय दिन माग गरेका छन् । न्यायको माग गर्दै उनिहरुले महिला हिंसा अन्त्य गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
मार्चपासमा हजारौ नागरिकहरु सहभागी भएका छन् ।




