पुर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टीका केन्द्रिय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले युवा नेतृ राम कुमारी झाक्रीलाई पक्राउ गरेर सरकारले काललाई निमन्त्रणा गरेको बताएका छन् ।
ट्विट गर्दै डा.भट्टराईले नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रताको व्यवस्था गरेको भन्दै संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने भनि प्रश्न समेत गरेका छन् ।
उनले लखेका छन्, “ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ ! नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ!”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?”
उनले ओली सरकारको काल आएको समेत बताएका छन् ।




