पोखरा महानगरपालिकाले श्रमजिवि मजदुरहरु माथी अन्याय र शोषण हुने गरि स–शुल्क पार्किङ्को व्यवस्था गरेको भन्दै नेकपा माओवादी केन्द्रले विरोध जनाएको छ । नगरपालिकाको सो कार्य प्रति पार्टीमा आवद्ध निजि कार, ट्याक्सी, जिप, भ्यान र मोटरसाईकल चालहरुले आपत्ति समेत जनाएका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीलाई ज्ञापनपत्र बुझाउदै उनिहरुले कोरोना महामारीका बिच कमजोर आर्थिक अवस्थाका बाबजुत कठिन परिस्थतीबाट जिवन गुजारीरहेका मजदुरहरु माथी स–शुल्क पार्किङ्का नाममा थप शोषण र अन्याय थोपरिएको बताए ।
उनिहरुको ज्ञापन पत्रमा भनिएको छ, “मेयरसाव यस महानगरपालिकालाई लुटिखाने, ठगि खाने ठाँउ नबनाईयोस्, यदि हाम्रो नम्र चेतावनीलाई स्विकार गरिएन भने, यसबाट उत्पन्न हुने परिणाम प्रति यस महानगरपालिका नै जवाफदेशी हुनुपर्नेछ ।” उनिहरुले स–शुल्क पार्किङ्को व्यवस्था तत्काल बन्द गर्न चेतावनीपुर्ण आग्रह समेत गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै महानगरका प्रमुख मानबहादुर जिसीले भने सार्वजनिक यातायातमा घण्टे शुल्कको व्यवस्था नभएको भन्दै यदि त्यसो गरिएको पाईए आवश्यक छानविन गरिने आश्वासन दिए ।
ज्ञापनपत्रमा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष भोजराज त्रिपाठी र १ दर्जन बढि ट्याक्सी चालकहरुले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार