आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुगेको उनका प्रेस सल्हाकार सुर्य थापाले जानकारी दिएका छन् ।
काठमाण्डौमा पत्रकारहरुसंग कुराकानी गर्दै थापाले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने विषयमा आयोग सम्पुर्ण रुपले तयार रहेको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले तोकिएको समयमा निर्वाचन गराउन सरकारले आवश्यक प्रबन्ध मिलाए असम्भव नहुने बताएको थापाले जनाए ।
आयोगमा आज पार्टी विवादका विषयमा छलफल नभएको उनले बताए । प्रधानमन्त्री ओली एक पार्टीका रुपमा नभई सरकार प्रमुखका रुपमा आयोगमा पुगेको उनले बताए । आयोगले हालसम्म गरेको तयारीका बारेमा सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री ओलीले धन्यवाद समेत दिएको सल्हाकार थापाले बताए ।
नेकपामा देखिएको विवाद निरुपणका विषयमा आयोगले थप गृहकार्य गरिरहेको छ भने, सर्वोच्चमा समेत बहर भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार