गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व चयनका क्रममा हार व्यहोरेका व्यक्तिहरुले विजयी भएका व्यक्तिलाई हटाउन खोज्नु लज्जाको विषय बाहेक केही हुन नसक्ने बताएका छन् ।
तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “प्रत्येक दिन सचिवालयको बैठक बस्या छ, अनि त्यो भएन, यो भएन, प्रधानमन्त्री फेर्नु पर्छ भन्या छ, अध्यक्ष फेर्नु पर्छ भन्या छ, अनि लोकतन्त्रमा विधिको कुरा हुदैन्, सिद्धान्त र मान्यताको कुरा हुदैन्, चुनावमा के हुन्छ ?, चुनावमा हार्छ, अनि पाँच वर्ष कुर्न नसकेर बिचैमा अर्कैसंग साँठगाँठ गरेर, त्यो अध्यक्षलाई खुट्टा तान्ने भन्छ, अनि आफुलाई अध्यक्ष बनाउछ, यो कुन चाँहीे चराको नाम हो ? लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र ।”
मुख्यमन्त्री गुरुङले सरकारले चाहे विकास कस्तो हुन्छ ? भन्ने नमुनाको रुपमा रहेको वर्तमान सरकारको खिलापमा लाग्नेहरुको इच्छापुरा गर्नका लागि प्रधानमन्त्रीले छोडिदिनु पर्ने ? भनि प्रश्न गरे । लोकतन्त्रमा जनता सवैभन्दा बलियो हुने भन्दै उनले चुनावमा जाने विषय कुनै पनि हिषावले अलोकतान्त्रीक हुन नसक्ने उनले जिकिर गरे । “लोकतन्त्रवादी सवैले कम्युनिष्ट होस्, या कांग्रेस वा अरु पाटी होस’, गुरुङले भने, ‘लोकतन्त्रीक परिपाटीमा जनतालाई न्यायाधिस मान्ने कुरा, जनताको म्यान्डेड लिने कुरा कुनैपनि हालतमा अलोकतान्त्रीक हुन सक्दैन् ।”
प्रचण्ड माधव समुहमा विभाजनकारी भावना बढि देखिएको मुख्यमन्त्री गुरुङ्ले बताए । उनिहरुलाई गुरुङले जिवनभर राजनीति गरेर भ्रममा परेका व्यक्तिको संज्ञा दिए । आफुले पार्टीलाई फुटबाट जोगाउन निकै प्रयत्न गरेको तर नसकिएको उनले स्विकार गरे । माधव र प्रचण्डहरुले चैत सम्म पर्खन नसकेको उनले जिकिर गरेका छन् ।




