पोखरा र सिक्लेस सडक खण्ड अन्तर्गत पर्ने बिजयपुर खोलामा निर्माण गरिएको पुलको उद्धघाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ र मादी गाउँपालिका वडा नम्बर ५ को सीमानामा पर्ने सिंडीकोमुख गारकाटेस्थित बिजयपुर खोलामा निर्माण गरिएको मोटरेबल पुललको कामचलाउ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गरेका हुन् ।

सो पुलको २ वर्षअघी पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलान्यास गरेका थिए । २५/२५ मिटरको २ वटा स्पान राखेर बनाइएको उक्त पुलको लम्बाई ५४.१७ मिटर रहेको छ । ११ मीटरको चौडाई रहेको पुलको दायाँ÷बायाँ दुबैतर्फ १.५ मिटरको फुटपाथ छ । पुल लागत अुनमान भन्दा कम मुल्यमा गरिएको सम्झौतामा निर्माण सम्पन्न भएको हो ।
पुलको ८ करोड १५ लाख १९ हजार २ सय ९७ रुपैयाँ लागत अनुमान गरिएपनि ५ करोड ७५ लाख २९ हजार १ सय २४ रुपैयाँमा ठेक्का सम्झौता गरि निर्माण सम्पन्न भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जनाए । रायमाझी÷द क्याराभान जेड.भी.काठमाडौंले २०७५ साल असार २१ गते सम्झौता गरेर २०७७ साल असोज १८ गते निर्माण सम्पन्न गरेको हो ।
पुलले मादीबासीहरुको हर्ष थपेको छ । पुलबनेपछि धेरै नै राहत मिल्ने उनिहरुको विश्वास छ । सो क्रममा मन्त्री नेम्वाङ्ले अबको केहि समयपछि रेलको युग शुरु हुने बताएका छन् ।




