गण्डकी प्रदेशमा आज २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाईग्नोस्टिक प्रालिमा गरिएको नमुना परिक्षणमा ७ जना, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा ९ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा १ जना र विद्या ल्याव ललितपुरमा गरिएको नमुना परिक्षणमा ८ जना गरि २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । विवरण अनुसार कास्कीका २३ जना र तनहुँका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार आज ३१ जना निको भएर घर फर्किएका छन् । १५ हजार ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदाँ २०३ जनाको मृत्यु भएको छ भने, १५ हजार १५४ निको भएका छन् । हाल प्रदेशमा ३३९ जनाको उपचार भैरहेको छ । उनिहरु मध्ये ३१३ जना होम आईसोलेसनमा रहेका छन् ।
प्रदेशमा पछिल्लो एक सातामा कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् भने कोरोना विरुद्धको खोप अभियान पनि चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार