गण्डकी प्रदेशमा आज २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाईग्नोस्टिक प्रालिमा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका २ जना, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा १३ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

विवरण अनुसार कास्कीका ८ जना, लमजुङ्का ५ जना, तनहुँका ३ जना, गोरखा र म्याग्दीका २–२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार आज ३८ जना निको भएर घर फर्किएका छन् । १५ हजार ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदाँ २०३ जनाको मृत्यु भएको छ भने, १५ हजार १२३ निको भएका छन् ।
हाल प्रदेशमा ३४५ जनाको उपचार भैरहेको छ । उनिहरु मध्ये ३१९ जना होम आईसोलेसनमा रहेका छन् । प्रदेशमा पछिल्लो एक सातामा कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् भने कोरोना विरुद्धको खोप अभियान पनि चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार