कोरोना भाइरसको संक्रमणका कारण विश्वभर २३ लाख २० हजार बढि मानिसहरुको मृत्यु भएको छ ।
वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म कोरोनजा भाइरसको संक्रमणका कारण २३ लाख २० हजार ४४५ जनाको मृत्यु भैसकेको छ । विश्वभर कुल संक्रमितहरुको संख्या भने १० करोड ६३ लाख ४२ हजार बढि पुगेको छ ।
हालसम्म ७ करोड ७९ लाख ८० हजार बढि मानिसहरु भने निको भएका छन् । २ करोड ५८ लाख ९६ हजार ९ सय बढि संक्रमितहरुको उपचार भैरहेको छ । उनिहरु मध्ये १ लाख ४ हजार बढिको अवस्था गम्भिर रहेको छ ।
अमेरीका, भारत र ब्राजिल सवैभन्दा बढि प्रभावित भएका छन् । विश्वका २२१ देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।




