नवलपुरको विनयीत्रिवेणी गाउँपालिका २ ज्यामिरे बजारमा लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्गमा सवारी चेकीङको क्रममा नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका १५ बस्ने वर्ष २० का इजहार मिया, कास्कीको पोखरा महानगरपालिका वडा नं. १२ का निशान गुरुङ, शसान्त थोकर र मनिस मगरलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
मियाको साथबाट ओनोरेक्स १४ सि.सि, ओनारेक्स २६ सि.सि, स्पास्मो ८ ट्याप्लेट र नाईट्रोभेट २४ ट्याप्लेट बरामद गरिएको छ । यस्तै गुरुङ, थोकर र मगरको साथबाट डाइजापम ४९ एम्पुल, र्नाेफिन ४९ एम्पुल र फेनारगन ४९ एम्पुल गरी १४७ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार