पोखरा उपत्यका वृहद सफाई अभियानको २०० औँ श्रृखला आज सम्पन्न भएको छ । अभियानको २०० औँ श्रृखलामा पोखराको फेवाताल नजिकै रहेको कोमागाने पार्कमा सरसफाई गरिएको अभियान्ताहरुले बताएका छन् ।
वातावरिणय स्वच्छताका लागि नागरिक स्तरबाट स्वइिच्छक रुपमा सुरु गरिएको सफाई अभियान पोखराका अधिकांसजसो स्थानहरुमा सरसफाई गर्दै २०० औँ श्रृखलामा आईपुगेको उनिहरुले बताए ।
“सरसफाईको माध्यमबाट मानिसहरुमा सभ्यताको पाठ सिकाउनु आजको चुनौती हो, अभियान्ताहरु भन्छन्, मानिस अझै पनि सरसफाई सभ्यताको सवालमा समृद्ध भैसकेको छैन्, उसका लागि यो शिक्षा दिनु सचेत नागरिकको कर्तव्य हो ।”

“हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयम सेवा” भन्ने कथनका साथ संचालित सो अभियानमा स्वतस्फुर्त रुपमा सचेत नागरिकहरुले सहभागीता जनाउदै आएका छन् । सो क्रममा हालसम्म लाखौ मानिसहरुले सहभागीता जनाएका छन् भने हजारौँ संघसंस्थाहरुले आ(आफ्नो क्षेत्रबाट योगदान गरिरहेका छन् । कतिपय सरकारका निकायहरुले समेत नियमित रुपमा सहभागीता जनाउदै आएका अभियान्ता राम बहादुर पौडेलले बताए ।
लाखौ टन फोहोरको व्यवस्थापनमा अभियानले योगदान गरेको छ । प्राकृतिक सम्पदाहरुको संरक्षण र सफा शहर निर्माणमा महत्वपुर्ण भुमीका खेलिरहेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमणका कारण प्रभावित भएको अभियान पुनः संचालन गरिएको हो ।
आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवस समेत पोखरामा सरसफाई कार्यक्रम गरि मनाईएको छ ।

Copyright @Googlepokhara

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार