गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदाँ ४१ जना निको भएर घर फर्किएका छन् ।
हाल गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल सख्याँ १५ हजार ६३९ पुगेको छ भने १५ हजार ६३ जना निको भएका छन् । संक्रमित मध्ये २०३ जनाको मृत्यु भएको छ । ३७३ जना सक्रिय संक्रमित मध्ये ३४३ जनाको होम आइसोलेसनमा उपचार भैरहेको छ ।
शुक्रबार गण्डकीमा १ हजार २३५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् भने हालसम्म १७ हजार ८५७ जनालाई खोप लगाईको निर्देशनालयले जनाएको छ । शुक्रबार कास्कीमा २३ जना, बाग्लुङमा ५ जना, पर्वतमा २ जना, तनहुँ र म्याग्दीका १–१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सवैभन्दा धेरै कास्कीमा २९० जना सक्रिय संक्रमितहरु रहेका छन् ।




