अनौपचारिक रुपमा विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा हाल ओली समुहको नेतृत्व गरिरहेका काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनाव तर्फ गएको बताएका छन् । काठमाण्डौमा आयोजित आफ्नो समुहको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “देश चुनाव तर्फ गयो, चुनावले फैसला गर्छ । कस्को सरकार बन्छ ? त्यसकारण म भन्न चाहन्छु । देश चुनाव तर्फ गयो, गयो ।”

मुलुकमा अहिले देशव्यापी रुपमा जवरजस्त संसद विघटन संवैधानिक छ कि छैन् भनेर अनावस्यक बहसको सृजना गरिएको उनले ठोकुवा गरे । बेलायतको उदाहरण दिदै उनले भने, “बेलायतमा लिखित संविधान छैन्, तर त्यहाँका प्रधानमन्त्रीले आफुलाई काम गर्न नदिएपछि संसद विघटन गरिदिए र नयाँ जनादेशका लागि चुनावको घोषणा गरिदिए ।” संसदिय अभ्यास भएका मुलुकमा प्रधानमन्त्रीलाई काम गर्न नदिए संसद विघटन गर्न सक्ने उनले दावी गरे ।

प्रचण्ड माधव समुहलाई लक्षित गर्दै उनले अदालत र निर्वाचन आयोगलाई धम्की दिएर यस व्यवस्थाको उपहास गर्ने प्रयत्न गरिएको आरोप लगाए । निर्वाचन आयोगलाई निर्वाचनको तयारी नगर भन्नु लोकतान्त्रीक नभएको उनले उल्लेख गरे । उनले भने, “कसैले पनि लोकतन्त्र खोस्न सक्दैन । नेपालमा लोकतन्त्रको भविष्य उज्ववल छ । लोकतन्त्र तर्फ आँखा नलगाए पनि हुन्छ । कसैले प्रतिगमन नसोचे पनि हुन्छ । देश विकासको गति तर्फ गयो ।”
काठमाण्डौमा आज गरिएको कार्यक्रमलाई उनले केवल काष्टिङ भनेका छन् । यस प्रकारका काष्टिङ्हरु देशका प्र्रमुख शहरहरुमा क्रमश गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार