नवलपुर प्रहरीले ठुलो मात्राको लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । कावासोती १३ स्थित चालीस किलो जंगलमा चेकिङको क्रममा २ जना र बिनयी गा.पा. १ स्थित पूर्व पश्चिम राजमार्गमा चेकिङ गर्ने क्रममा २ जना गरि चार जनालाई ठुलो मात्राको लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं १ का २७ वर्षीय बिक्कि भन्ने मिन थापा मगर, मोरङको विराटनगर महानगरपालिका वडा नं ६ का १९ वर्षीय ऋषीदेव भन्ने बिशाल मुसहर, चितवन रत्न नगरपालिका वडा नं २ का २० वर्षीय अनरुप अधिकारी र धादिङ जलाहा नगरपालिका वडा नं ५ का १८ वर्षीय सन्दिप अधिकारी रहेका छन् ।
उनिहरुको साथबाट ४४३ एम्पुल डाईजापाम, ४४३ एम्पुल फेनरागन र ४४३ एम्पुल नुर्फीन बरामद गरिएको नवलपुर प्रहरीले जनाएको छ । उनिहरुलाई लागू औषध (नियन्त्रण) ऐन,२०३३ बमोजिम कानुनी प्रकृया अगाडि बढाईएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार