गण्डकी प्रदेशसभाका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले वर्षभरि आफुले प्राप्त गरेको सेवासुविधा वापतको रकम समाजिक कार्यमा खर्च गरेको फेहरिस्त प्रस्तुत गरेका छन् ।
पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, “यो वर्ष मैले ८ लाख ५९ हजार तलवभत्ता र सवै सुविधा गरेर प्राप्त गरेको रहेछु, त्यसमा थप गरेर १२ लाख ४७ हजार ४० रुपैयाँ यसपाली मैले सामाजिक कार्यमा खर्च गरेको छु ।”
यसअघिका वर्षहरुमा पनि उनले आफ्ले प्राप्त गरेको सरकारी सेवासुविधा वापतको रकमका अलवा आफ्नो व्यक्तिगत समेत समाजिक कार्यमा खर्च गरेको बताए । यसवर्ष अघिल्ला वर्षको तुलनामा बढि नै खर्च भएको उनले जनाए ।
कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न परिस्थतीको व्यवस्थापनमा केहि बढि राहतका सामाग्रीहरु तिवरण गर्नु परेकाले खर्च बढेको थापाले बताए । चुनावताका जनतासामु गरिएको प्रतिवद्धता अनुरुप आफुले सो कार्य गर्दै आएको उनले बताए ।
नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गरेका थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थीतिबारे गहिरो चिन्ता व्यक्त गरेका छन् ।




