नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड माधव समुह) ले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
केन्द्रिय संघर्ष समितिका संयोजक एंव पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)का अनुसार १३ गते काठमाण्डौमा सिठ्ठी जुलुस, माघ १४ देखी २१ गतेसम्म माईतीघर मण्डलामा संविधान सभाका सदस्य, संघिय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

यस्तै माघ १६ गते जुलुस सहित सहिद श्रद्धाञ्जली सभा शान्तिबाटिका बाट लैनचौरसम्म, माघ १५ गते बुटबल, १६ गते विराटनगर, १७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले जनाकारी दिए ।
प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्काहरुसंग निरन्तर अन्तरक्रिया गर्ने, २२ गते काठमाण्डौमा युवा र्याली गर्ने, २८ गते देशव्यापी मसाल जुलुस गर्ने र २८ गते काठमाण्डौमा विशाल विरोध सभा तथा जुलुस गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु तय गरिएको श्रेष्ठले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार