गण्डकी प्रदेशमा कोरोना विरुद्धको पहिलो चरणको खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई लगाइने भएको छ ।
स्वाथ्य निर्देशनालय गण्डकीद्धारा जार िसुचनामा भनिएको छ, “कोभिड – १९ को खोप प्रदेशमा वितरण हुनै लागेको अवस्थामा गण्डकी प्रदेशका सबै प्रकार र तहका सरकारी, निजि तथा सामुदायिक स्वास्थ्य संस्था, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय मेडिकल कलेज, प्रयोगशाला, स्थानीय निकाय लगायतमा कार्यरत स्वास्थ्यकर्मी, प्रशासनिक र प्राविधिक कर्मचारी, सहयोगी कर्मचारी, सरसफाई कर्मचारी,
एम्बुलेन्स तथा अन्य सवारी चालक लगायत अग्रपंक्तिमा रही खटिएका कर्मचारीको आईएमयु नेपाल एपमा प्रविष्ट गरिएको विवरण अनुसार नै खोप प्राप्त हुने, आईएमयु नेपाल एपबाट नै खोप कार्ड प्राप्त हुने र खोप प्रदान गरिसकेपछि आईएमयु नेपाल एपमा नै अद्यावधिक गरिने हुनाले माथि उल्लेखित कर्मचारीहरुको विवरण आईएमयु नेपाल एपमा प्रविष्ट गर्ने कार्य अत्यन्तै जरुरि रहेको छ ।”
विवरण अद्यावधिक नगरिएका कर्मचारीहरुले खोपको डोज पाउने सम्भावना अत्यन्तै न्यून हुनाले तुरुन्तै सो एपमा विवरण प्रविष्ट गरि खोप पाउने सुनिश्चितता गर्न निर्देशनालयले अनुरोध समेत गरेको छ । भारत सरकारको अनुदान सहयोगमा आएको १० लाख डोज खोप नेपालमा लगाउन लागिएको हो ।




