राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले संसद विघटनका सम्बन्धमा सर्वोच्चको फैसला मान्नु पर्ने बताएका छन् ।
तर, उनले नेपाली जनताको ठुलो बलिदानी प्राप्त उपलब्धिहरुको संस्थागत विकासका खातिर जनादेश अनुसारको पुर्ण कार्यकाल विताएको लोकतान्त्रीक सरकार देख्न नपाउनु विडम्बनाको विषय भएको टिप्पणी गरे ।
नेपाल पत्रकार महासंघ कास्कीको १५ औँ साधारण सभाको उद्धघाटन गर्दै अध्यक्ष तिमिल्सीनाले राजनीतिक रुपले सरकारहरु अस्थिर भैरहेका कारण विकासमा समेत प्रत्यक्ष असर परिरहेको उल्लेख गरे । उनले भने, “अस्थिर सरकारका कारण दिगो विकास हुन सकेन् ।” निर्वाचन मार्फत जनताले नेकपालाई दिएको स्थिरता दिन नसकेको उनको टिप्पणी छ ।

जनताले विश्वास गरेको पार्टी फुटको संघारमा पुग्नु राष्ट्र र जनताको हितमा नहुने उनले बताए । उनले भने, “राजनीतिक दलहरुले जनताको अभिमतको कदर गर्ने कुरा र पालना गर्ने कुरामा नेताहरु चुके भने इतिहासले माफी दिन सक्दैन् ।”
ओली सरकारले घोषणा गरेको चुनाव हुन्छ वा हुन्न भन्ने विषय अदालतले टुंगो लगाउने उनले उल्लेख गरे । तर, समाजका सचेत नागरिकहरु चुनाव हुदैन् भनेर जनतामा निरासा छर्ने र भ्रमपुर्ण कुराहरुको पछि लाग्न नहुने तर्फ अध्यक्ष तिमिल्सीनाले सतर्क गराए ।
पहिलो कुरा चुनाव हुन्छ हुदैन् भन्ने कुरा अदालतमा भर पर्दछ, तर, म राजनीतिक दलहरुलाई पनि के आग्रह गर्दछु भने, चुनाव हुदैन किन प्रश्न गर्ने ? उनले ठोकुवा गर्दै भने, चुनाव हुनुपर्छ, हुन्छ हुन्छ भनेर जानु पर्दछ । किनकी चुनाव हुनै पर्छ ।
अध्यक्ष तिमिल्सीनाले चुनाव हुदैन भनेर आशंका गर्दै जाने हो भने अस्थिरता चाहने शक्तिहरुलाई बल पुग्ने बताए । संसद विघटनको विषय अदालतले सदर गर्यो भने तोकिएको मितिमा कुनै हालतमा चुनाव हुनु पर्ने उनले जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार