बिहिबार गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा २८ जना, लमजुङमा ८ जना, बाग्लुङ, तनहुँ र म्याग्दीमा ३–३ जना र पर्वतमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
बिहिबार ७३ जना संक्रमणमुक्त भएका छन् । गण्डकीमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ८८ पुगेको छ ।




