गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको दलका नेता रहेका कृष्णचन्द्र नेपालीले प्रदेशसभा विघटनका कदमहरु चालिने छैन् भन्ने विश्वास व्यक्त गरेका छन् । संघमा देखिएको जस्तो नियति प्रदेश सभाले भोग्न नपरोस् भन्ने उनले उल्लेख गरे ।
संघियताको विरुद्धमा उठेका आवाजहरुलाई केन्द्रिय सरकारले मलजल गरेको तर्क गर्दै उनले यस्ता प्रकारका गतिविधिहरु प्रदेशमा हुननहुने उनले बताए । सरकार आफ्नै कारणले आलोचित हुनुपरेको उल्लेख गर्दै नेपालीले प्रदेश सरकारले पनि विगतमा गरेका प्रतिवद्धता अनुसार कार्य गर्न नसकेको टिप्पणी गरे ।
विगतमा भएका आन्दोलन र त्यागहरुबाट प्राप्त उपलब्धिहरुको रक्षाका खातिर एक ढिक्का भएर अगाडी बढ्नु पर्नेमा उनले जोड दिए । साथै बेरुजु चिन्ताजनक रुपमा बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराए ।




