राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापाले अस्थिर प्रकारको शासन व्यवस्था कर्कलो जस्तो हुने उल्लेख गर्दै विभेदकारी संघियता कुनै हालतमा नटिक्ने ठोकुवा गरेका छन् ।
पोखरा सभागृहमा जारी गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले प्रतिनिधिसभा विघटनको कदम प्रतिगमनकारी भएका कारण त्यसको पुर्नस्थापना हुनुपर्ने उनले माग गरे ।
साथ्ै गण्डकी प्रदेशको सरकारलाई स्थिरता र स्थायित्वका लागि सर्मथनको संकेत उनले गरेका छन् ।




