विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख २६ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाइरसको संक्रमणका कारण १८ लाख २६ हजार बढिको मृत्यु भैसकेको छ । ८ करोड ३८ लाख १४ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
हालसम्म ५ करोड ९३ लाख २७ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, २ करोड २६ लाख ६१ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये १ लाख ६ हजार बढिको अवस्था गम्भिर रहेको छ । २ करोड २५ लाख बढिको अवस्था भने सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २२० देशमा फैलिएको छ ।




