चितवन मेडिकल कलेज भरतपुर चितवनमा गरिएको पिसिआर परिक्षणमा गण्डकी प्रदेशका थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १४ जना र तनहुँका ३ जना गरि १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५६३ पुगेको छ । आजै पोखरामा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु समेत भएको छ ।




