पोखरामा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नं. २ की ५८ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो ।
यहि पौष १५ गते कोरोना संक्रमण पुष्टि भएकी उनको आज बिहान ७ः३५ बजे मृत्यु भएको हो । यससंगै कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा १९२ जनाले ज्यान गुमाएका छन् ।




