पोखरामा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय पोखरामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।




