प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदहरुले हस्ताक्षर गरेका छन् ।
अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो र समर्थकमा तेह्रथुमका सांसद लक्ष्मण तिवारी रहेका छन् । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहेपनि थप केही सांसदले हस्ताक्षर गर्न छुटेको बताईएको छ ।
प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।
यसअघि नै आफु विरुद्ध अविस्वासको प्रस्थताव ल्याउने तयारी गरिएको सुईको पाएका मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री रहेका आङ्बोलाई र्बखास्त गरेका थिए ।




