नेपाली कांग्रेसले संसद विघटनको असंवैधानिक कदम विरुद्ध पुस १३ गतेको प्रदर्शनमा सहभागी बन्न अपिल गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभाको विघटन गरिएको घट्नाका विरुद्ध यहि पुस १३ गते कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शनको कार्यक्रम गर्ने भएको हो । सभापति शेर बहादुर देउवाले सो कार्यक्रममा संक्रिय सहभागी हुन पार्टी सदस्य, शुभचिन्तक र सवै लोकतन्त्रवादीहरुलाई अपिल गरेका हुन् ।
उनको अपिलमा भनिएको छ, “संविधानमा भएको व्यवस्था प्रतिकुल र जनभावना विपरितको कार्य विरुद्ध नेपाली कांग्रेस सम्पुर्ण रुपले एकमत साथ उभिएको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार