प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रि परिषदमा मन्त्रीहरुको संख्या थप गर्नुका साथै जिम्मेवारी समेत हेरफेर गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्री सहित नयाँ नौ जना अनुहारले जिम्मेवारी पाएका छन् ।
पुर्व माओवादी नेताहरु टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रेम आलेलाई भने वन मन्त्रालय, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री बनाईएको छ ।
जुलीकुमारी महतोले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छिन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ ।




