गण्डकी प्रदेशमा आज १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको पिसिआर परिक्षणमा कास्कीका १२ जना सहित १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज ५८ जना निको भएर डिस्चार्ज भएका छन् ।
तनहुँको बन्दिपुरका १ जनामा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४ हजार २५५ पुगेको छ । हाल गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ७५० रहेको छ ।
उनिहरुको विभिन्न आइसोलेसनहरुमा उपचार भैरहेको छ ।




