नेकपाको स्थायी समिति सदस्य समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ्ले संसद पुर्नस्थापना कुनै हालतमा नहुने ठोकुवा गरेका छन् ।
युवा संघद्धारा पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै गुरुङले व्यवस्था बचाउने प्रधानमन्त्रीको कदम लोकतन्त्रको रक्षाका खातिर भएको दावी समेत गरे ।
नेकपाको संस्थापन पंक्ष ओलिले नेतृत्व गरेको समुह नै आधिकारीक रहेको उनले बताए । सुर्य चिन्हमा समेत उनले दावी पेश गरे । नेकपाको नेतृत्व प्रधानमन्त्री केपि शर्माओलीले नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलन र मुलुकको समृद्धि सम्भव नहुने उनले बताए ।




