बागमति प्रदेशका मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेकपाको ओलि इतर समुहका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
नेकपाको प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका समाचारमा जनार्ईएको छ । प्रस्तावकका रुपमा प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल रहेका छन् ।
नयाँ मुख्यमन्त्रीमा भने प्रदेश सभा सदस्य अष्टलक्ष्मि शाक्यलाई प्रस्ताव गरिएको छ ।
यसैबिच आन्तरिक मामिलामन्त्री समेत रहेका शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा समेत बुझाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार