पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ५ का ७३ वर्षिय संक्रमित पुरुषको हिजो बेलुकी मृत्यु भएको हो ।
यस्तै सोही प्रतिष्ठानमा उपचाररत स्याङ्जाको फेदिखोला गाँउपालिका वडा नं. १ की ७४ वर्षिय कोरोना संक्रमित महिलाको पनि हिजो बेलुकी मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १९० पुगेको छ ।




