गण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीका ३८ सहित बाग्लुङका १४, लमजुङका ११ र तनहुँका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १४ हजार १२५ पुगेको छ । संक्रमित मध्ये १७ सय बढि संक्रिय संक्रमितहरु रहेका छन् । उनिहरुले होम तथा सरकारले तोकेका आइसोलेसनहरुमा उपचार गराइरहेका छन् । कोरोना भाइरससंग सम्बन्धित मृत्युको संख्या १८८ पुगको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार