प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको मंगलबार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको प्रथम अध्यक्षका हैसियतले ओलीले केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी सोमबार नै मनोनयन गरेका थिए ।
उक्त नामावली अनुमोदन गर्न मंगलबारको बैठकमा प्रस्ताव गरेका थिए । बैठकले ओलीको उक्त प्रस्ताव अनुमोदन गरेको पनि थापाले बताएका छन् ।




