पोखरा महानगरपालिका वडा नं. १५ अमिलतरा भन्ने स्थानमा सुख्खा पहिरो खसेको छ । सो स्थानमा पहिरो खस्दा केहि समय गण्डकीको बहाबमा समेत असर पुगेको बताईएको छ ।
सोमबार बिहान खसेको सो पहिरोका कारण रोकिएको गण्डकीको बहाब भने केहि समय पछि पुर्ववत अवस्थामा फर्किएको जागौँ नेपाल राष्ट्रिय अभियान संयोजक दिपक आचार्यले जानकारी दिए ।
उनका अनुसार सेति नदिको डिल भत्किएको हो ।




