सरकारले हालैमात्र जारी गरेको संवैधानिक परिषद सम्बन्धि संसोधन अध्यादेस संविधानको मर्म र भावना विपरित, अलोतान्त्रीक र अप्रजातान्त्रिक भएको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसिले टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको यसप्रकारको कदम सर्वसत्तावादको उपज भएको टिप्पणी गरे ।
केपि ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको यसप्रकारको हर्कत पुर्णतः संवैधानिक व्यवस्थाको बर्खिलापमा रहेको नेता केसिले ठोकुवा गरे । उनले उक्त अध्यादेश मार्फत परिषद ऐनमा गरिएको हेरफेरले सैवैधानिक अंगहरु माथी सरकारको अनावस्यक हस्तक्षप बढ्ने चिन्ता व्यक्त गरे । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बिचको शक्ति पृथकीकरण र शक्ति सन्तुलमा समेत प्रत्यक्ष असर पुग्ने नेता केसिले बताए ।
यसअघि पनि चर्को विरोधका बिच राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएका प्रधानमन्त्री केपि शर्माओलीले पटक पटक गल्ति दोहोर्याई रहनु लोकतन्त्रका लागि गम्भिर चिन्ताको विषय भएको नेता केसिले उल्लेख गरे । आफ्नो पाटी नेपाली कांग्रेसका लागि यो कुनै पनि हालतमा स्विकार्य नहुने उनले चेतावनी समेत दिए ।
चौधौँ महाधिवेसनको तयारीमा रहेको कांग्रेसका लागि अव महाधिवेसन भन्दा पनि लोकतन्त्रको रक्षा प्रमुख हुने नेता केसिले बताए । साथै उनले कांग्रेस कुनैपनि बाहानामा सरकारमा सहभागी नहुने उनले बताए ।




