गण्डकी प्रदेशमा आज १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा प्रदेशका १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा ६१ जना, लमजुङमा १८ जना, बाग्लुङमा ७ जना, गोरखामा ६ जना, तनहुँमा ४ जना, पर्वतमा ३ जना, स्याङ्जामा २, नवलपुरमा १ र मुस्ताङमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ७९ पुगेको छ । जसमध्ये ७ हजार ५६१ जना निको भएका छन् भने १८० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार